काठमाडौ ।काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४ सय ४५ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५ सय १७ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गर्ने १२८, नियमविपरीत राइड सेयरिङ गर्ने १६०, ट्राफिक सिग्नल उल्लङ्घन गर्ने १४१ र तीव्र गतिमा सवारी चलाउने १८३ जना कारबाहीमा परेका छन्।
यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा पार्किङ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ तथा अन्य सवारी नियम उल्लङ्घन गर्ने १४८७ जनामाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को प्रतिस्पर्धामा कोलम्बियाले घानालाई १-० गोलअन्तरले पराजित ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!