काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यले १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन सुरु गरेको छ।
महानगरको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु लम्ब्याउन र फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यो अभियान सञ्चालन गरिएको हो।
हाल वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा स्रोतमै फोहर छुट्याउने व्यवस्था लागू गरिएको छ। यसबाट दैनिक बञ्चरेडाँडा पठाइने फोहरको मात्रा उल्लेखनीय रूपमा घटेको महानगरले जनाएको छ।
महानगरका अनुसार, पहिले दैनिक करिब २० ट्रक फोहर बञ्चरेडाँडा पठाइने गरेकोमा अहिले त्यो संख्या घटेर १५ ट्रकमा सीमित भएको छ। साथै, सातवटा क्षेत्रबाट वर्गीकृत फोहर व्यवस्थापन सुरु भएपछि दैनिक करिब ३ दशमलव १९ मेट्रिक टन फोहर कम भएको दाबी गरिएको छ।
घरेलु फोहरसँगै निस्कने सुक्खा फोहरलाई पुनःप्रयोग र बिक्रीयोग्य बनाउन पनि महानगरले वैज्ञानिक विधि अपनाउँदै क्षेत्रगत व्यवस्थापन अघि बढाएको छ। फोहरमैला सङ्कलन तथा ढुवानीसम्बन्धी कार्यविधि–२०८१ कार्यान्वयनमा ल्याएर फोहर घटाउने, पुनःप्रयोग बढाउने र व्यवस्थित विसर्जन गर्ने लक्ष्यसहित काम भइरहेको महानगरले जनाएको छ।
यस्ता ताजा समाचारका लागि हाम्रो पेजलाई फलो गर्न नबिर्सनुहोस्।
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलोपुल नजिक हिजो राति भएको भीषण आगलागीबाट क ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!