काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी उपरीक्षकबाट नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका छन्।
जोशीको बढुवासँगै महानगर प्रहरी बलले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। महानगर प्रहरी बलका तर्फबाट जारी शुभकामना सन्देशमा जोशीको नेतृत्व, कार्यसम्पादन क्षमता र संगठनप्रतिको समर्पणले महानगर प्रहरीलाई थप सशक्त, अनुशासित र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
महानगर प्रहरी बलले वरिष्ठ उपरीक्षक जोशीको नेतृत्वमा काठमाडौं महानगरभित्र सुशासन, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा नगर व्यवस्थापनका कार्यहरू अझ प्रभावकारी बन्ने अपेक्षा गरेको छ।
महानगर प्रहरी बलका सम्पूर्ण सदस्यहरूले नवबढुवा वरिष्ठ उपरीक्षक जोशीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ सफल र परिणाममुखी नेतृत्व प्रदान गर्न शुभकामना व्यक्त गरेका छन्।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि ल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!