काठमाडौं। देशका विभिन्न भूभागमा आज वर्षा, मेघगर्जन, चट्याङ तथा हुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय रेखाको प्रभावका कारण देशभर मौसम प्रभावित बनेको हो।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णालीका केही क्षेत्रमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेश प्रदेश तथा केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा बदली कायम रहने तथा केही स्थानमा हल्का वर्षा वा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्ने सम्भावना औँल्याउँदै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक जानकारीमा ध्यान दिन आग्रह गरेको छ।
काठमाडौं । सडक पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउने पर्याप्त तयारी नगरी सरकारले ट्राफिक नियमलाई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!