प्रहरीका अनुसार ती युवतीले दुई दिनअघि मर्मतका लागि छाडेका दुईवटा मोबाइल लिन शुक्रबार राति करिब ९ बजे बिर्तामोडस्थित उक्त मोबाइल पसल पुगेकी थिइन्। त्यतिबेला पसलमा रहेका कामदार शेर्पाले युवतीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको हो।
घटनापछि पीडित युवतीले राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेर मौखिक उजुरी दिएकी थिइन्। उजुरी प्राप्त हुनासाथ प्रहरीले तत्काल शेर्पालाई नियन्त्रणमा लिई जबर्जस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीले पीडितको प्रादेशिक अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गराएको छ। हाल उनलाई बिर्तामोड-५ स्थित क्षितिज महिला समाज पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
काठमाडौं । सुनसरीमा भएको गोलीकाण्डप्रति प्रधानमन्त्री बालेन्द्र शाहले गहिरो दुःख व्यक्त गर्दै पीडितल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!