इरानमाथि आक्रमण दुई हप्ताका लागि स्थगित, ट्रम्पको युद्धविराम घोषणा

इरानमाथि आक्रमण दुई हप्ताका लागि स्थगित, ट्रम्पको युद्धविराम घोषणा

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तय गरिएको आक्रमण दुई हप्ताका लागि स्थगित गर्ने घोषणा गरेका छन्। उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनीरसँगको छलफलपछि यस्तो निर्णय लिएको बताएका हुन्।

ट्रम्पका अनुसार पाकिस्तान पक्षले आक्रमण रोक्न आग्रह गरेपछि, इरानले होर्मुज जलडमरूमध्यलाई पूर्ण, सुरक्षित र तत्काल खुला गर्ने सर्तमा अमेरिका आक्रमण स्थगित गर्न सहमत भएको हो।

उनले यो कदमलाई “दुवै पक्षीय युद्धविराम” को रूपमा व्याख्या गर्दै अमेरिका आफ्नो सैन्य लक्ष्यहरू हासिल गरिसकेको दाबी गरेका छन्। साथै, इरानसँग दीर्घकालीन शान्ति स्थापनाका लागि वार्ता धेरै अगाडि बढिसकेको र १० बुँदे प्रस्ताव प्राप्त भएको जानकारी दिएका छन्।

ट्रम्पले मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति स्थापना नजिक पुगेको उल्लेख गर्दै दुई हप्ताभित्र अन्तिम सम्झौता टुंग्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

गुठी संस्थानको प्रशासकमा ध्रुव घिमिरे, आजै पदभार ग्रहण
3 हप्ता अगाडि

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा प्रशासन महाशाखा प्रमुख ध्रुव घिम ...

छुटाउनुभयो कि ?

TOP