गगन थापाद्वारा भ्रातृ संस्थामा नयाँ नेतृत्व चयन

गगन थापाद्वारा भ्रातृ संस्थामा नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टीका भ्रातृ संस्थाहरूमा नयाँ नेतृत्व चयन गरेका छन्।

केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला तथा नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई नियुक्त गरेका हुन्।

नवनियुक्त नेतृत्वलाई सम्बन्धित संगठनको महाधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित कार्यभार दिइएको बताइएको छ।

पार्टीभित्र लामो समयदेखि भ्रातृ संस्थाको नेतृत्व चयन र महाधिवेशनको विषय पेचिलो बन्दै आएका बेला सभापति थापाले नयाँ नेतृत्व टुंगो लगाएका हुन्।

 कांग्रेसभित्र यस निर्णयलाई संगठन पुनर्संरचना र महाधिवेशन तयारीसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बैंकिङ कसुर आरोपमा जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ
12 घण्टा अगाडि

काठमाडौं।प्रहरीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा राम जानकी हेल्थ फाउन्डेसन तथा जानकी मेडिकल कलेजका अध् ...

छुटाउनुभयो कि ?

TOP