पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वमन्त्रीदेखि चिनियाँ कम्पनीसम्मविरुद्ध ३ अर्ब ६२ करोडको मुद्दा

पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वमन्त्रीदेखि चिनियाँ कम्पनीसम्मविरुद्ध ३ अर्ब ६२ करोडको मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको ठूलो भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव, उच्च सरकारी अधिकारी र चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार विमानस्थल निर्माणका क्रममा मूल खरिद सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ हानिनोक्सानी पुर्‍याइएको आरोप लगाइएको छ।

अख्तियारका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी China CAMC Engineering Co., Ltd बीच भएको मूल सम्झौतामा कर, महसुल तथा अन्य शुल्क ठेकेदार कम्पनी आफैंले तिर्नुपर्ने व्यवस्था थियो। तर पछि बदनियतपूर्वक ‘इम्प्लिमेन्टेशन एग्रिमेन्ट’ मार्फत कर छुट दिने प्रावधान राखिएको आयोगको दाबी छ।

आयोगले उक्त सम्झौताका आधारमा ठेकेदार कम्पनीले करसमेत समावेश भएको रकम भुक्तानी लिएर पनि राज्यकोषमा कर दाखिला नगरी दोहोरो लाभ लिएको जनाएको छ।

यस प्रकरणमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन अर्थ सचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेसहित विभिन्न मन्त्रालयका सहसचिव, उपसचिव, शाखा अधिकृत तथा नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ।

त्यस्तै निर्माण कम्पनी China CAMC Engineering Co. Ltd, कम्पनीका चेयरम्यान वाङ बो र प्रोजेक्ट म्यानेजर याङ झिगाङविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारले सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बराबर जरिवाना, कैद सजाय र बिगो असुलउपरको मागदाबी गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
9 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP