काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा प्रशासन महाशाखा प्रमुख ध्रुव घिमिरेलाई गुठी संस्थानको प्रशासकको समेत काम गर्ने गरी थप जिम्मेवारी दिएको छ ।
मन्त्रिस्तरको मिति २०८३ वैशाख २३ गतेको निर्णयअनुसार घिमिरेलाई उक्त जिम्मेवारी दिइएको हो । उनले बिहिवार गुठी संस्थानमा पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा संस्थानका प्रवक्ता जनक पोखरेलसहित कर्मचारीहरूले नवनियुक्त प्रशासक घिमिरेलाई स्वागत गरेका थिए ।
कार्यक्रममा प्रवक्ता पोखरेलले गुठी संस्थानको परिचय, हाल सञ्चालनमा रहेका गतिविधि तथा संस्थानका समसामयिक विषयबारे जानकारी गराएका थिए ।
नवनियुक्त प्रशासक घिमिरेले सबैको सहयोग र समन्वयमा प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!