सप्तरी, बलानबिहुल — जागेश्वर गरहाई जनता माविको नमूना विद्यालय भवन निर्माण कार्यमा ठेक्का घोटालाको उजुरीपछि विशेष अदालत, काठमाडौं मा मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ठेकेदार कम्पनी ओम गणेशाय कन्स्ट्रक्सन प्रा.लि., डाक्नेश्वरी-९, सप्तरी, र गाउँपालिकाका पदाधिकारीहरूले बोलपत्रमा नक्कली कागजात पेश गरी ठेक्का दिलाएका थिए।
ठेक्का रु. ८,९८,२१,४९६।३३ मा सम्झौता भएको थियो। हालसम्म रु. ३,९१,१७,४८२।– भुक्तानी भइसकेको छ।
अनुसन्धानका अनुसार ठेकेदारले Construction Experience on Key Activities अन्तर्गत फर्जी प्रमाणपत्र पेश गरी प्राविधिक मूल्याङ्कन पास गरेको थियो। गाउँपालिका अध्यक्ष र कर्मचारीको मिलेमतोमा आर्थिक प्रस्ताव स्वीकृत भएको पाइएको छ।
उक्त कार्यमा संलग्न व्यक्ति र पदाधिकारीहरू हुन्: तत्कालीन गाउँपालिका अध्यक्ष दयानन्द गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राइन, लेखापाल कमलेस कुमार साह, सब–इन्जिनियर सन्तोष कुमार रजक, ठेकेदार कम्पनी ओम गणेशाय कन्स्ट्रक्सन प्रा.लि. र कम्पनीका म्यानेजिङ डाइरेक्टर राजिव कुमार साह।
यी सबैमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।
अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले भने, “ठेक्का प्रक्रिया र प्राविधिक मूल्याङ्कनमा फर्जी कागजात पेश भएको पाइएको छ। यस सम्बन्धमा कानुनी प्रक्रिया अघि बढाइएको छ।”
काठमाडौं १५ माघ -। लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको ...

प्रतिक्रिया