देउवा–खड्काको ‘अवैध’ दाबीलाई सर्वोच्चको चिसो झापड

काठमाडौ ,माघ ६-सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय तत्काल रोक्न अस्वीकार गरेको छ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन आवश्यक नरहेको ठहर गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मंगलबार (माघ ६) अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चको आदेशसँगै गगन थापा नेतृत्वको कार्यसमितिले संगठनात्मक कामकारबाही अघि बढाउने बाटो खुलेको छ ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैध भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने निर्णय गरेपछि उनीहरू सर्वोच्च पुगेका हुन् ।

रिट निवेदक पक्षका कानुन व्यवसायीले बहसका क्रममा गगन थापा नेतृत्वको कार्यसमिति भंग हुनुपर्ने माग गरेका थिए । तर सर्वोच्चले तत्काल त्यस्तो आदेश दिन अस्वीकार गर्दै मुद्दालाई नियमित प्रक्रियाअनुसार अघि बढाउने भनेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

बारामा धारिलो हतियार प्रहार, आमा–छोराको हत्या, बुवासहित तीन घाइते
22 घण्टा अघि

काठमाडौँ,माघ-१४, जनकपुरधाम बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ भने बुवासहि ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP