काठमाण्डौ,माघ ६ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारको समय रहेको स्मरण गराएका छन्। मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारलाई आचारसंहिता पालनामा कडाइ गर्न आग्रह गरे।
भण्डारीका अनुसार, मनोनयनपत्र दर्ता गरेपछि उम्मेदवारहरूले घरदैलोमा मतदाता भेटेर रायसुझाव लिन सक्नेछन्, तर ठूलो आमसभा, गोष्ठी वा सेमिनार जस्ता कार्यक्रम गर्न पाइँदैन। मौन अवधिमा प्रचार गरेमा आयोगले कारबाही गर्ने जनाएको छ।
उक्त कार्यक्रममा उनले भने, “मनोनयनपत्र दाखिल गर्दा आचारसंहिता उल्लंघन भएको उजुरी आएमा आयोगले छानबिन गरेर निर्णय लिने अधिकार राख्छ।”
प्रदेशसभा र स्थानीय तहका प्रतिनिधि पनि प्रतिनिधिसभाको उम्मेदवार बनेकाले रिक्त स्थानमा फागुन २१ पछि निर्वाचन गरी पूर्ति गरिने जानकारी आयोगले दिएको छ।
काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा आज सैनिक मञ्च टुँडीखेल ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!