निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाइने : प्रधानमन्त्री शुसिला कार्की

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाइने : प्रधानमन्त्री शुसिला कार्की

काठमाडौं ,माघ ६-प्रधानमन्त्री शुसिला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएकी छन्।

प्रधानमन्त्री कार्कीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै निर्धारित समयभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएकी हुन्। उनले निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पार्दै सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको उल्लेख गरेकी छन्।

उनका अनुसार १६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराउनु लोकतान्त्रिक प्रणालीप्रति जनविश्वासको प्रमाण हो। यसले नेपाली जनता लोकतन्त्र सुदृढ बनाउन सचेत र सक्षम रहेको देखाएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियामा देखिएको उत्साहले राजनीतिक क्षेत्रसँगै निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक सन्देश प्रवाह गरेको बताइन्। अब मुलुकमा अन्योल र अनिश्चितताको अवस्था अन्त्य भई राष्ट्र निर्वाचन प्रक्रियामा केन्द्रित भएको उनले बताइन्।

उनले निर्वाचन कार्यतालिकाअनुसार निरन्तर खटिएर जिम्मेवारी निर्वाह गरेकोमा निर्वाचन आयोगलाई सरकारको तर्फबाट धन्यवाद दिएकी छन्। साथै, निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई जिम्मेवार र रचनात्मक भूमिका खेल्न आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नागरिकलाई संयमित र सक्रिय रूपमा निर्वाचनमा सहभागी हुन अपिल गरेकी छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा
3 हप्ता अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बना ...

छुटाउनुभयो कि ?

TOP