काठमाडौंको सुरक्षित किल्ला छोडेर मधेसतिर गगन थापा : सर्लाही–४ बाट उम्मेदवारी, देशभर तरंग

काठमाडौंको सुरक्षित किल्ला छोडेर मधेसतिर गगन थापा : सर्लाही–४ बाट उम्मेदवारी, देशभर तरंग

काठमाडौँ ,माघ ६- नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेसँगै राष्ट्रिय राजनीतिमा ठूलो तरंग पैदा भएको छ । यसअघि लगातार काठमाडौं क्षेत्रबाट चुनाव जित्दै आएका थापाले पार्टीलाई एकढिक्का बनाउने र आम काङ्ग्रेस कार्यकर्ताको चाहनालाई सम्बोधन गर्ने उद्देश्यसहित मधेसबाट चुनाव लड्ने ऐतिहासिक निर्णय गरेका हुन् ।

पार्टीले लिएको सिद्धान्त र संगठनात्मक एकताको अभियानअनुसार थापाले निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन् । मधेस प्रदेश नेपाली काङ्ग्रेसको परम्परागत भोट बैंक भएकाले सर्लाही–४ बाट उनको उम्मेदवारीलाई कांग्रेस पुनर्जागरणको संकेतका रूपमा हेरिएको छ ।

जेन–जी आन्दोलनले राजनीतिमा ल्याएको परिवर्तन र देशमा देखिएको नेतृत्वको मागअनुसार पार्टीभित्रै विद्रोह गरेर नयाँ राजनीतिक धारको नेतृत्व गरेका गगन थापालाई देशको आगामी प्रधानमन्त्रीको रूपमा समेत हेर्न थालिएको छ । उनको यो कदमले “कांग्रेस अब फेरि उठ्दैछ” भन्ने सन्देश प्रवाह भएको कार्यकर्ताहरूको भनाइ छ ।

सर्लाहीबाट उम्मेदवारी दिने निर्णयलाई साहसिक र दूरदर्शी कदमको रूपमा व्याख्या गरिएको छ । पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्दै सबैलाई एक ठाउँमा ल्याउने नेतृत्व क्षमता गगन थापाले प्रदर्शन गरेको भन्दै नेता, कार्यकर्ता र शुभेच्छुकहरूले खुलेर प्रशंसा गरिरहेका छन् ।

“सुरक्षित क्षेत्र छोडेर जनताको भरोसामा चुनाव लड्नु नै साँचो नेतृत्व हो,” एक कांग्रेस कार्यकर्ताले भने, “गगन थापाले त्यो प्रमाणित गरेका छन्।”

गगन थापाको यो राजनीतिक चालले कांग्रेस मात्र होइन, सम्पूर्ण चुनावी मैदान नै हल्लिने संकेत देखिएको छ । सर्लाही–४ अब सामान्य निर्वाचन क्षेत्र रहेन, यो राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा
3 हप्ता अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बना ...

छुटाउनुभयो कि ?

TOP