नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौ‍ँ मङ्सिर २६- जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया निरन्तरता दिँदै शुक्रबार चौथो चरणमा थप ४ जना मन्त्री नियुक्त भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राष्ट्रपतिभवन, शीतलनिवासमा आयोजित समारोहमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी श्रद्धा श्रेष्ठलाई, वन तथा वातावरण मन्त्रालय माधव चौलागाईंलाई, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय राजेन्द्रसिंह भण्डारीलाई तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय कुमार इङ्नामलाई तोकिएको छ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले व्यवस्थापिका पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण तथा संक्रमणकालीन प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ। यही लक्ष्यअनुसार मन्त्रालयहरूलाई पूर्णता दिन क्रमशः मन्त्री नियुक्ति हुँदै आएको सरकारका एक अधिकारीले जनाएका छन्।

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणसँगै आफ्नो-आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्ने तयारी थालेका छन्। अन्तरिम सरकारको कार्यादेश, आगामी निर्वाचन तयारी तथा तात्कालिक मन्त्रालयगत समस्या समाधान उनका प्राथमिक कार्यसूची हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कांग्रेसमा खुला टकराव : संस्थापनको अस्वीकारबीच आज भृकुटीमण्डपमा विशेष महाधिवेशन, समानान्तर भेला पनि
2 महिना अगाडि

काठमाडौं, पुस २७ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाट ...

छुटाउनुभयो कि ?

TOP