इन्डियन आइडल विजेता प्रसान्त तामाङको निधन, संगीत जगत् शोकमा

इन्डियन आइडल विजेता प्रसान्त तामाङको निधन, संगीत जगत् शोकमा

काठमाडौं पुस २७-इन्डियन आइडल विजेता तथा नेपाली मूलका चर्चित गायक एवं अभिनेता प्रसान्त तामाङको निधन भएको छ। उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको आज भारतको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

इन्डियन आइडलको उपाधि जितेपछि प्रसान्त तामाङ नेपाल र भारत दुवै देशमा अत्यन्त लोकप्रिय बनेका थिए। सरल स्वभाव र भावपूर्ण गायन शैलीका कारण उनी लाखौँ दर्शक–श्रोताको मन जित्न सफल भएका थिए। उनले गाएका थुप्रै नेपाली गीतहरू आज पनि दर्शकमाझ उत्तिकै चर्चित छन्।

गायनसँगै अभिनय क्षेत्रमा पनि सक्रिय रहेका तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए। उक्त फिल्ममार्फत उनले अन्तर्राष्ट्रिय दर्शकमाझ समेत आफ्नो पहिचान बनाएका थिए।

उनको निधनको खबर सार्वजनिक भएपछि नेपाली संगीत तथा चलचित्र क्षेत्र शोकमा डुबेको छ। कलाकार, संगीतकर्मी तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

निधनको कारणबारे भने हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। यस सम्बन्धमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
एक महिना अगाडि

खलङ्गा (दार्चुला), माघ २७ -दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहर ...

छुटाउनुभयो कि ?

TOP