इक्यान निर्बाचन सोमबार ,कस्को पल्ला भारी?

काठमाडौ पुस २७ – नेपाल शैक्षिक परामर्श संघ (ECAN)को बहुप्रतीक्षित निर्वाचन यहि सोमबार काठमाडौमा हुँदैछ। गैरिधारा स्थित एलिस रिसेप्सनमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ। दुई वर्षे कार्यकालका लागि हुने यस चुनावका लागि देशभरबाट इक्यानका सदस्यहरु राजधानी आइपुगेका छन्।

सर्वसहमतिको प्रयास अन्तिमसम्म भए पनि सम्भव नभएपछि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको हो। दुई प्यानलले आ–आफ्ना एजेन्डा लिएर अन्तिम समयसम्म मतदाता समक्ष पुग्ने प्रयास गरे। हिजो राति १२ बजेदेखि मौन अवधि सुरु भएसँगै सम्पूर्ण प्रचार–प्रसार औपचारिक रुपमा बन्द गरिएको छ।

निर्वाचनको माहोलमा सबैभन्दा बलियो रूपमा दिपक राज भुसाल नेतृत्वको १८ सदस्यीय टिम देखिएको छ। वर्तमान तथा निवर्तमान नेतृत्व र महासंघको समेत समर्थन पाएको यस टिमले २०२६ का लागि २६ एजेन्डा सार्वजनिक गर्दै चुनावी मैदान तताएको थियो। हिजो होटेल रेडिसनमा आयोजना गरिएको विशाल कार्यक्रममा टिमले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दा माहोल झनै तातिएको थियो।

दिपक भुसाल नेतृत्वको टिममा अध्यक्ष दिपक राज भुसालसहित उपाध्यक्ष बिकल्प राज पोखरेल, उपाध्यक्ष रत्न बहादुर भट्टराई ,उपाध्यक्ष मन्जित ढकाल रहेकाछन ।त्यसै महासचिव भवनाथ हुमगाई हुन ।सचिबहरुमा सुरज सिलवाल ,आशिक कार्की छन।  कोषाध्यक्ष उमा खड्का पाठक, सह–कोषाध्यक्ष गोविन्द खनाल रहेकाछन्। सदस्यहरुमा अनन्त राज घिमिरे ,अशोक कुमार हाथी,बसन्त पाण्डे ,दामोदर शर्मा,कमल तिम्सिना ,नवराज नेपाल ,सन्जिब पाण्डे ,उद्द्ब बन र बिबेक बस्नेत रहेकाछन।उनिहरुले आफ्ना प्रतिबद्धता दोरहाएकाछन।

७ सयभन्दा बढी सदस्य रहेको यस संस्थाले सोमबारबाट नयाँ नेतृत्व पाउनेछ। चुनावी गतिविधि, सदस्यहरूको सहभागिता र संगठनभित्रको माहोल हेर्दा यस पटक पुरै दिपक भुसाल टिम विजयी हुने अपेक्षा बलियो बनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP