काठमाडौं मङ्सिर १६— नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिद प्रकरणमा जीवन बहादुर शाहीसहितका प्रतिवादीहरूले आपूर्तिकर्ता कम्पनीका पदाधिकारीसँग मिलेमतो गरी अवैध भुक्तानी गरेको आरोपमा विशेष अदालतले फैसला सुनाएको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगले जनाएको छ कि विमान खरिदको क्रममा MTOW 242 टनबाट 230 टनमा घटाइएपछि मूल्य कम गर्नु पर्ने भए तापनि १२ टनको मूल्य घटाइएन र पुरै २४२ टनको मूल्य भुक्तानी गरिएको थियो। आयोगले यसलाई बदनियतपूर्ण मिलेमतो र भ्रष्टाचारजन्य गतिविधि भएको दाबी गरेको छ।
सर्वोच्चमा मुद्दा दर्ता गर्नुको उद्देश्य विशेष अदालतको फैसलामा कानुनी चुनौती दिंदै राज्यलाई भएको आर्थिक नोक्सानीको न्याय सुनिश्चित गर्नु रहेको आयोगले जनाएको छ।
काठमाडौं, पुस १७ — विदेशी नागरिकको आवागमन, बसोबास र गतिविधि व्यवस्थापनलाई व्यवस्थित बनाउन सरका ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!