टोखामा १०२ वर्षीय थापा घरमै सम्मानित, १२औं स्थापना दिवसमा व्यापक सम्मान कार्यक्रम

काठमाडौं, मंसिर १६ — टोखा नगरपालिकाले १२औं स्थापना दिवसका अवसरमा वरिष्ठ नागरिक, विद्यार्थी, खेलकर्मी र कर योगदानकर्तासम्मलाई व्यापक रूपमा सम्मान गर्दै वार्षिक उपलब्धि सार्वजनिक गरेको छ। नगरपालिका–६ का १०२ वर्षीय पहलमान सिंह थापालाई मेयर प्रकाश अधिकारी,प्रमुख प्रसाशकिय अधिकृत कमल भट्टराई ,वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ सहितको टोलीले घरमै पुगेर नगद, दोसल्ला र सम्मानपत्र प्रदान गर्यो। यसै क्रममा टोखा–१ की १०४ वर्षीया दिलकुमारी लामिछाने तथा ९८ वर्षीय एक अन्य वरिष्ठ नागरिकलाई समेत विशेष सम्मान प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

स्थापना दिवसकै अवसरमा एसईईमा ४ जिपिए हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट शैक्षिक नतिजा प्रस्तुत गर्ने विद्यालयहरूलाई सम्मान गरियो। खेलकुद क्षेत्रमा ए–डिभिजनमा स्तरोन्नति हासिल गरेको श्री भगवती क्लबलाई पनि नगदसहित सम्मान प्रदान गरिएको थियो। त्यस्तै, टोखा धिमेखल सरस्वतीका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरू तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू पनि सम्मान सूचीमा परे।

कार्यक्रममा ‘वार्षिक प्रगति प्रतिवेदन’ र ‘नगर बुलेटिन’ सार्वजनिक गर्दै नगरपालिकाले हाल सञ्चालनमा रहेका सामाजिक सुरक्षा तथा सेवा योजनाहरू—बच्चा जन्मिँदा आर्थिक सहयोग, कृया खर्च सहयोग, मुटु–मृगौला–क्यान्सर उपचार सहयोग—सम्बन्धी विवरण प्रस्तुत गर्यो। बढी कर तिर्ने संस्थामध्ये ग्रान्डी अस्पताल तथा बढी कर संकलन गर्ने वडा ९ लाई पनि सम्मानित गरिएको छ।

मेयर अधिकारीले आगामी वर्षहरूमा टोखालाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका दृष्टिले अग्रस्थानमा पुर्‍याउने योजना प्रस्तुत गर्दै विपद् व्यवस्थापनका लागि बारुद यन्त्र र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार सुरक्षा, स्वास्थ्य र राजस्व व्यवस्थापनलाई सुदृढ बनाउने काम प्राथमिकतामा राखिएको छ।

स्थापना दिवससँगै खुला रक्तदान कार्यक्रम समेत सम्पन्न भएको थियो। जनप्रतिनिधि, समाजसेवी, राजनीतिककर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको समारोह नगरपालिकाका अनुसार सफल र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP