काठमाडौँ, मंसिर ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको कमला नगरपालिकामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता भएको उजुरीको आधारमा भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
अनुसन्धानमा पाइएको तथ्य अनुसार, आ.ब. २०७६/०७७ मा नगरपालिकाले लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने र घाट निर्माण सहित सौन्दर्यकरणको आयोजना गर्न रु. ७५ लाखको लागत अनुमान स्वीकृत गरी बोलपत्र आह्वान गरेको थियो।
मूल्याङ्कन समितिले सबैभन्दा कम कबोल दिने सेट स्क्वायर कन्सट्रक्सन प्रा.लि. लाई ठेक्का दिन सिफारिस गर्दा,नगर प्रमुख राम उदगार गोइत, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल संजिव कुमार महतो, जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन र ठेकेदार Infrastructure S & B Builders Pvt. Ltd. का अध्यक्ष संतोष यादव ले मिलेमतो गरी दोस्रो महँगा फर्मसँग सम्झौता गरेको पाइएको छ।
यस अनियमितताबाट सरकारी कोषमा रु. २९,४४,१३७।२९ को हानि पुगेको छ।अख्तियारले प्रतिवादीहरूले सार्वजनिक सम्पत्ति दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको स्पष्ट गरेको छ।अख्तियारले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दण्डनीय हुने दाबी गरेको छ।
काठमाडौँ पुस १२ — बैंकिङ कसुरजस्तो गम्भीर आर्थिक अपराधमा संलग्न रहेको आशंकामा पक्राउ परेका प्र ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!