काठमाडौँ, पुस १२ — जेन्जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दा अझै सम्बोधन नभएको भन्दै जेन्जी मुभमेन्ट नेपालले वर्तमान अवस्थामा पुरानै शासकीय स्वरूपमा गरिने कुनै पनि निर्वाचन देश र जनताप्रति धोका हुने चेतावनी दिएको छ।
मुभमेन्टले समस्याको जड नछोई जबरजस्ती देशलाई निर्वाचनतर्फ धकेल्नु सामाजिक द्वन्द्वलाई थप गहिर्याउँदै गृहयुद्धको जोखिम निम्त्याउने कार्य हुने दाबी गरेको छ। मिति २०८२ पुस ११ गते जारी प्रेस वक्तव्यमा भदौ २३ र २४ गते नवोदित पुस्ताको आह्वानमा सम्पन्न जेन्जी विद्रोहलाई गहिरो राजनीतिक जागरणको अभिव्यक्तिका रूपमा उल्लेख गरिएको छ। वक्तव्यमा उक्त आन्दोलनबाट उठेका माग र चेतनालाई संविधानमै संस्थागत नगरेसम्म संघर्ष जारी रहने स्पष्ट गरिएको छ।
जेन्जी मुभमेन्ट नेपालले वर्तमान सरकारले राजनीतिक तथा नैतिक वैधता गुमाइसकेको आरोप लगाउँदै तत्काल सत्ता छोड्न माग गरेको छ। साथै, देशलाई विद्यमान संवैधानिक र राजनीतिक संकटबाट मुक्त गर्न सर्वपक्षीय सरकार गठन गरी सर्वपक्षीय सहमतिमार्फत नयाँ राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिएको छ।
यसैक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले अघि सारेको सर्वपक्षीय सहमतिमा आधारित सरकार गठनको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको जनाइएको छ। जेन्जी विद्रोहका मुद्दा पूरा गराउन रूपान्तरणको पक्षमा उभिने जुनसुकै समूह, दल वा व्यक्तिसँग सहकार्य गर्न आफूहरू तयार रहेको मुभमेन्टका प्रवक्ता विजय शाहले बताएका छन्।
प्रवक्ता शाहका अनुसार यो संघर्ष सत्ता परिवर्तनका लागि मात्र नभई राज्यको चरित्र परिवर्तनका लागि केन्द्रित छ। जेन्जी मुभमेन्ट नेपालले यसअघि नै सर्वपक्षीय सरकार गठनका लागि वर्तमान सरकारको राजीनामा माग गरिसकेको जनाएको छ।
यसैबीच, माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले शुक्रबार सर्वपक्षीय सरकार बन्नुपर्ने अडान लिँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्, जसले देशको राजनीतिक वातावरण थप तातेको छ।
काठमाडौँ — माघ-१२ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही&nda ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!