काठमाडौं पुस १२- नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहित तीन ठूला दल निर्वाचनमा जान सहमत भएका छन् । शनिबार बालुवाटारमा प्रधानमन्त्री सुशील कार्कीको आह्वानमा बसेको शीर्ष नेताहरूको बैठकले फागुन २१ गते नै निर्वाचन गर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । लामो छलफलपछि तीनै दल निर्वाचनमा जान तयार भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले अब फागुन २१ गते निर्वाचन हुने विषयमा कुनै शंका नरहेको बताए । “अब चुनाव फागुन २१ मै हुन्छ भन्ने कुरा ढुक्क भएको छ,” उनले भने ।
उनका अनुसार बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले निष्पक्ष चुनावको वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । “सरकारले चुनावको वातावरण बनाओस्, एमाले चुनावमा जान तयार छ,” भन्ने ओलीको भनाइ उद्धृत गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीले शान्ति–सुरक्षा कायम गर्न र निर्वाचनका लागि अनुकूल वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको बताए ।
बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले चुनाव अनिवार्य रूपमा हुनुपर्ने धारणा राखेका थिए भने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पनि निर्वाचन हुनैपर्ने स्पष्ट धारणा राखेका थिए । “प्रचण्डले चुनाव हुनुपर्छ भन्नुभयो, शेरबहादुर देउवाले पनि चुनाव हुनुपर्छ भन्नुभयो, एमाले पनि चुनावमा जानुपर्छ भनेर देउवाले केपी शर्मा ओलीलाई समेत स्पष्ट रूपमा भन्नुभएको हो,” मन्त्री खरेलले बताए ।
ठूला दलहरू निर्वाचनमा जान सहमत भएपछि अब देश पूर्ण रूपमा चुनावतर्फ उन्मुख भएको मन्त्री खरेलको भनाइ छ । उनका अनुसार आवश्यक राजनीतिक वातावरण तयार भइसकेको छ र तोकिएको मितिमै निर्वाचन हुने आधार बलियो बनेको छ ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया