सुदूरपश्चिम विश्वविद्यालयको ३ सय बिघा जग्गा अतिक्रमण, फिर्ता गर्न उच्चस्तरीय छानबिन आयोगको माग

कञ्चनपुर,कार्तिक १९- सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको करिब ३ सय बिघा जग्गा अतिक्रमणमा परेको खुलेको छ । विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार क्याम्पसलाई ०६२ सालमा टीकापुर विकास समितिले प्रदान गरेको ३ सय ८० बिघा जग्गामध्ये हाल विश्वविद्यालयले ८० बिघा मात्र भोगचलन गर्न पाएको छ ।

बाँकी ३ सय बिघा जग्गा मुक्तकमैया र सुकुम्बासीका नाममा विभिन्न समूहहरूले कब्जा गरेको पाइएको छ । अतिक्रमित जग्गा फिर्ता गर्न विश्वविद्यालयले संघ तथा प्रदेश सरकारलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उपकुलपति पन्तले बताए ।

अधिकार र संरचना संरक्षणका सवालमा दबाब बढ्दै गएपछि विश्वविद्यालय कार्यकारी परिषद्ले हालैको बैठकमार्फत अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रियालाई तीव्र बनाउन उच्चस्तरीय छानबिन आयोग गठन गर्न औपचारिक माग गरेको छ । पन्तका अनुसार जग्गा कब्जामा संलग्न व्यक्तिहरूलाई विभिन्न राजनीतिक शक्तिको संरक्षण रहेकाले समस्या जटिल बन्दै गएको छ ।

विश्वविद्यालयले भूमि फिर्ता नआएसम्म शैक्षिक विस्तार, पूर्वाधार विकास र दीर्घकालीन योजना प्रभावित हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP