युक्रेन युद्धबीच पुटिन दिल्लीमा अवतरण, मोदीले विमानस्थलमै गरे स्वागत

युक्रेन युद्धबीच पुटिन दिल्लीमा अवतरण, मोदीले विमानस्थलमै गरे स्वागत

काठमाडौं — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली पुगेका छन्। पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए, जसलाई कूटनीतिक रूपमा उच्चस्तरको संकेत मानिएको छ।

करिब चार वर्षपछि भारत आएको पुटिनको यो भ्रमण २३औँ भारत–रुस शिखर सम्मेलनसँग जोडिए पनि युक्रेन युद्धका कारण झन् संवेदनशील बनेको छ। युद्धपछि पश्चिमी मुलुकहरूले रुसबाट दूरी बढाइरहेका बेला पुटिनको दिल्ली आगमनले अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ सन्देश दिएको विश्लेषण भइरहेका छन्।

रुसले हाल विश्व शक्तिसन्तुलन बदलिँदै गएको दाबी गर्दै आएको छ। त्यसैबीच पुटिनको भारत प्रवेशले क्षेत्रीय कूटनीति, रक्षा सहकार्य र ऊर्जा साझेदारीमा नयाँ मोड आउने अनुमान कूटनीतिक वृत्तमा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

इक्यानको पुस २८ मा २१ पदका लागि निर्वाचन, उम्मेदवारी घोषणा सुरु
2 महिना अगाडि

काठमाडौँ पुस १९-नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २०औँ साधारणसभा तथा महाधिवेशनअन्तर्गत नयाँ नेतृ ...

छुटाउनुभयो कि ?

TOP