यःमरि पुन्हि: सभ्यताको स्वाद र समृद्धिको प्रतीक

​नेपालको अमूर्त सांस्कृतिक सम्पदामध्ये एक, यःमरि पुन्हि (यःमरि पूर्णिमा) नेवार समुदायले मनाउने एक विशिष्ट पर्व हो। हेमन्त ऋतुको आगमनसँगै, नेपाल संवत्को दोस्रो महिना थिंलाको पूर्णिमा (मार्ग शुक्ल पूर्णिमा) का दिन मनाइने यो पर्वलाई धान्य पूर्णिमा पनि भनिन्छ। यो केवल एक परिकार खाने पर्व मात्र नभई कृषि, आत्म-निर्भरता, दीर्घायु र धन-धान्यको कामना गर्ने पूर्ण सभ्यता हो।वर्षभरिको १२ वटा पूर्णिमध्ये यो पूर्णिमा धान काटेर भित्र्याइसकेको खुसियालीमा आउने भएकाले यसलाई धान्य पूर्णिमा भनिन्छ। यो केवल रोटी खाने चाड नभई नेवार सभ्यताको कृषिप्रधान जीवनशैली, दैविक विश्वास र सामाजिक परम्परालाई जोड्ने अमूल्य कडी हो।​

 

पर्व को शाब्दिक अर्थ​

नेपाल भाषामा:​यः को अर्थ: मनपर्ने (Favourite)​मरि को अर्थ: रोटी वा मिठाई (Bread/Sweet)​यःमरि भनेको: 'सबैलाई मनपर्ने रोटी' हो।​ यःमरि: केवल खानेकुरा मात्र नभएर पञ्चतत्वको प्रतिनिधित्व गर्ने प्रतीकात्मक स्वरूप हो। यसले सम्पूर्ण ब्रह्माण्डलाई एउटै परिकारमा समेट्छ:

तत्व                   -यःमरिको सामग्री                       -महत्त्व

धरती (पृथ्वी) -चामलको पिठो (नयाँ धानको) - अन्न र आधार

अग्नि -चाकु (गुड) -ऊर्जा र तातोपन

जल -पानी (मुछ्न प्रयोग गरिने) -जीवन र तरलता

आकाश - खाली ठाउँ (चाकु भरिएको) -खालीपन र अनन्तता

वायु - तिल- गति र जीवनशक्ति 

 

 

यःमरि पुन्हि पर्व विभिन्न कारणले नेवार समाजमा गहिरो महत्त्व राख्दछ:​

काठमाडौं उपत्यकाका ज्यापु समुदाय (कृषि कर्ममा संलग्न) ले यस दिनलाई विशेषतः ज्यापु दिवसका रूपमा मनाउँदै कृषि कर्मको महत्त्वलाई सम्मान गर्छन्।यस दिन नयाँ भित्र्याइएको धानको भकारी वा भण्डारमा यःमरि लगायत लक्ष्मी, गणेश, कुबेर, नांग्लो, सुकुन्दा आदिको मूर्ति आकारका स-साना ल्होँचामरि बनाएर पूजा गरिन्छ। यसरी पूजा गर्दा धनसम्पत्ति र अन्नको लाभ हुने जनविश्वास छ।

भकारीमा चढाइएको योमरी चार दिनपछि प्रसादका रूपमा परिवारजनमा बाँडेर खाने चलन छ। यो सद्भाव र समृद्धिको प्रतीक हो।यस दिन विवाह भइसकेका चेलीबेटीलाई माइतीमा बोलाएर यःमरि खुवाउने चलनले पारिवारिक सम्बन्धलाई सुदृढ बनाउँछ।​

​यःमरिको प्राचीन कथन (लोककथा)

 

​नेवार समुदायमा यःमरि पुन्हिसँग जोडिएको एक प्रसिद्ध लोककथा पाञ्चाल देश (पनौती) का महाजन सुचन्द्र र उनकी पत्नीको परोपकारसँग सम्बन्धित छ।एक दिन धनका देवता कुबेरले उनीहरूको भक्ति र दानधर्मको परीक्षा लिन दरिद्र (गरिब) को रूप धारण गरी सुचन्द्रको घरमा भिक्षा माग्न पुगेछन्। दम्पत्तिले दरिद्र रूपी कुबेरको न्यानो स्वागत सत्कार गरे। उनीहरूले भर्खरै पकाएर राखेको यःमरिसहित मीठामीठा खानेकुराहरू खुवाएर उनलाई श्रद्धापूर्वक बिदा गरे।​दम्पत्तिको दयालु स्वभावबाट अति प्रसन्न भई कुबेरले आफ्नो सक्कली रूप प्रकट गरेर उनीहरूलाई यःमरिको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरि चढाउने विशेष विधि बारे दीक्षा प्रदान गरी अन्तर्ध्यान भएछन्।

यो घटना मंसिर शुक्ल पूर्णिमा (थिंलाथ्व पूर्णिमा) कै दिन भएको थियो। कुबेरको दीक्षा अनुसार महाजन दम्पत्तिले सोही विधि पालना गरे। भकारीमा यःमरि र कुबेरले दिएको बिमिरो लाई विधिपूर्वक राखी चार दिनसम्म छोपेर पूजा गरे।कुबेरको अर्ती अनुसार सुचन्द्रकी पत्नीले तिल र चाकु राखेर यःमरि बनाई, त्यसैको कुबेर मूर्ति बनाएर बिमिरोसँगै ढुकुटीमा राखी चार दिनपछि हेर्दा सबै सुनमा परिणत भइसकेका थिए।यसपछि उनीहरूले अन्न, धान र यःमरि दान पनि गरे।​यसरी यःमरि र बिमिरो चढाउँदा उनीहरूको शरीर हृष्टपुष्ट हुन थाल्यो र धन सम्पत्तिमा अत्यधिक वृद्धि भएर दैनिक आम्दानी बढ्न थाल्यो। यसै घटनाको प्रभावले त्यही समयदेखि नेवार समुदायमा योमरी पूर्णिमाको संस्कृतिको विकास भएको मानिन्छ।​यही घटनाको सम्झनामा धान्य पूर्णिमाका दिन यःमरि बनाएर कुबेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास गरिन्छ।

यःमरि: आत्मनिर्भरताको आविष्कार र प्रेमको प्रतीक​केही संस्कृतिविद्हरूका अनुसार यःमरि नेवाः समाजको आत्मनिर्भरताको आविष्कार हो।जब नेवार समाज कृषि कर्ममा पूर्ण रूपमा लीन थियो, उनीहरूले बाहिरबाट केही माग्नुपर्ने अवस्था थिएन। उनीहरूले आफूसँग उपलब्ध चामल, तिल र चाकु जस्ता खाद्यान्नको उपयोग गरी नयाँ र मीठो परिकारको विकास गरे।सुरुमा यसलाई 'यगु मरी' (मनपर्ने रोटी) भनिन्थ्यो, जुन सबैलाई मन परेकाले पछि यःमरि रहन गयो।

​ यःमरि फ्वं वनेगु: 

 

यःमरि पुन्हिका दिन केटाकेटी र युवायुवतीहरू टोलटोलमा गीत गाउँदै छरछिमेकको दैलोमा गएर यःमरि माग्न (यःमरि फ्वं वनेगु) चलन छ/जान्छन्। यो प्रचलन माग्नुभन्दा पनि प्रेम, सद्भाव र भाइचारा साटासाट गर्ने एक माध्यम हो।

यस अवसरमा गाइने विशेष गीत प्रसिद्ध छ:

​यःमरि च्वामु, उकिं दुने हाकु,

ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरीकुतित्यः छिं त्यः, बक छिं त्यःलातापाता कुलिचा जुस्सें त्यः.... 'यःमरि च्वामु, उकी दुने हाकु, ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरीकुति' (यःमरि चिल्लो, त्यसभित्र कालो (चाकु/तिल), दिने मान्छे जवान, नदिने मान्छे बुढी) जस्ता जिस्काउने गीतहरूले यसलाई रमाइलो बनाउँछ।​​यःमरि नेवार समाजका अन्य शुभकार्यमा पनि महत्त्वपूर्ण हुन्छ:यःमरि नेवार संस्कृतिमा घुलमिल भएको एक मध्यवर्ती रोटी हो, जुन जन्मदिनदेखि बुढाबुढीको जंकु (रथारोहण) जस्ता संस्कारगत रूपमा आवश्यक पर्ने परिकार हो।​बालबालिकाको २, ४, ६, ८, १० र १२ वर्षसम्मको जन्मदिन मनाउँदा उनीहरूको जन्म वर्ष अनुसार यःमरिको माला बनाएर लगाइदिने चलन छ। यसलाई दीर्घायुको प्रतीक मानिन्छ।​छोरीको गर्भावस्थामा माइतीबाट दही च्यूरा खुवाउन जाँदा १ सय ८ वटा यःमरि लैजाने चलन र वृद्धावस्थाको जंकु (रथारोहण) जस्ता कार्यमा पनि यःमरिको ठूलो महत्त्व हुन्छ।​नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा धुरीबाट पूजा गरेर यःमरि खसाल्ने चलनले समृद्धि र सुरक्षाको कामना गर्दछ ।

 

यःमरिको वैज्ञानिक र स्वास्थ्यगत महत्त्व:​यःमरि जाडो मौसममा विशेष रूपमा खाइने एक पौष्टिक परिकार हो। यसले चिसो दिनहरूमा शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्दछ:

पोष्टिक तत्त्व        -      स्रोत                       -स्वास्थ्य लाभ

कार्बोहाइड्रेट -चामलको पिठो      -शरीरलाई ऊर्जा र बल 

ग्लुकोज/आइरन - चाकु -तुरुन्त ऊर्जा शरीरलाई तातो राख्छ

 -प्रोटीन              -तिल (तिलको लेदो)     - रोग प्रतिरोधी क्षमता बढाउन

 -मिनरल्स        - नरिवल र तिल    - आवश्यक खनिजहरूको पूर्ति

यसरी योमरी खाँदा शरीरले पूर्ण ऊर्जा प्राप्त गर्छ, जसले गर्दा जाडो मौसममा बिरामी हुनबाट बचाउँछ र शरीरलाई आगामी चिसो दिनहरूमा पनि स्वस्थ रहन मद्दत गर्छ।

निर्माण विधि:

 यःमरि नयाँ धानको चामलको पिठोलाईतातो पानीमा मुछेर महाशंक् (शंख) जस्तो स्वरूपमा बनाइन्छ। यसको अण्डाकार पिठोभित्र चाकु (खुद), तिल, नरिवल र खुवा (मास पनि) मिसाएर तयार पारिएको लेदो भरिन्छ।यसलाई पानीमा डुबाएर नभई बाफ (मःमः जस्तै) ले मात्र पकाइन्छ। यो बाफले पकाइएको हुँदा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि उत्तम मानिन्छ।यही दिनलाई राई र अन्य जातिहरूले धान बाली भित्र्याएको खुसीयालीमा धान्य पूर्णिमा वा उभौली जस्ता पर्वका रूपमा पनि मनाउँछ ।

यःमरि को आकारको दैविक अर्थ:​

यःमरिको त्रिकोणात्मक वा महाशंख जस्तो आकारको विशेष अर्थ छ।​यसलाई षट्कोणको आधा भागका रूपमा लिइन्छ, जसले अन्न अथवा ज्ञानको प्रतीकका रूपमा सरस्वतीको प्रतिनिधित्व गर्दछ।यसलाई पञ्चतत्त्व (चामलको पिठो, तिल, चाकु, पानी) र बौद्ध प्रतीक (चैत्यको भित्र) का रूपमा लिइन्छ।​अन्न वा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनीको पहिलो प्रसादका रूपमा यःमरि चढाउने परम्परा रहेको छ।यःमरि केवल मीठो परिकार मात्र नभई यसको गहिरो दार्शनिक अर्थ र बौद्धिक महत्त्व छ।यःमरिको आकारलाई बौद्ध स्तूप को प्रतीक मानिन्छ।​यःमरि खानु भनेको बौद्ध ज्ञान प्राप्त गर्नु हो। शिक्षा प्राप्त गर्नको लागि पहिले मनस्थिति स्थिर गर्नु आवश्यक हुन्छ।यदि कसैले आफ्नो मनलाई स्थिर राखेर आत्मज्ञान प्राप्त गर्न सक्यो भने, त्यो ज्ञान आफूमा मात्र सीमित नराखी सबैलाई बाँड्नु पर्छ।​यस्तै, यःमरि पनि आफूले मात्र नखाई आफन्तजन, छिमेकी र माग्न आउनेहरूलाई बाँडेर खाइन्छ। यःमरि ज्ञानको प्रतीक भएकोले यसलाई कसैले माग्न वा खान लाज मान्नुपर्दैन ।

योमरी पुन्हि केवल धान भित्र्याएको खुसी मनाउने चाड मात्र नभएर सांस्कृतिक मूल्यांकनको दिन पनि हो। यस दिनलाई शिक्षा र अन्न उत्पादन (Crop-production) को मूल्यांकन गर्ने अवसरको रूपमा पनि लिइन्छ, जसले जीवनमा भौतिक र आत्मिक समृद्धि कायम राख्न प्रेरित गर्दछ।​यस पर्वले धन-धान्यकी देवी लक्ष्मी र धनका देवता कुबेरको पूजा गर्दै, दान-पुण्यको भावनालाई पनि उत्तिकै महत्त्व दिएको देखिन्छ।यःमरि, ल्होंचामरि (चेप्टो पात आकारको रोटी), ल्हुँचेमरिको पिठोको गणेश, लक्ष्मी, कुबेर, ज्यापु ज्यापुनी, भूतप्रेत, भेंडा, पानस आदिको मूर्ति बनाई बफ्याइन्छयसरी यःमरि पुन्हि ले कृषि कार्यको सफलता, पौष्टिक आहारको महत्त्व, सम्पदा संरक्षणको भावना, र आध्यात्मिक चेतनालाई एकसाथ जोड्दै नेपाली संस्कृतिमा आफ्नो बेग्लै र अविस्मरणीय स्थान बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
3 बर्ष अगाडि

ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

छुटाउनुभयो कि ?

TOP