काठमाडौँ, मंसिर १८ — काठमाडौँ महानगरपालिका–८, जयबागेश्वरीस्थित गुठी संस्थानको नाममा दर्ता तीन आना जग्गामा गुठी संस्थानले निर्माण गरेको सतल घर वर्षौँदेखि अवैध रूपमा प्रयोग गर्दै आएको प्रकाश थापा अदालतमा पराजित भएका छन्। थापाले उक्त सतल घर भत्काउन नदिन वा क्षतिपूर्ति दिलाईदिन मागसहित उच्च अदालत पाटनमा दायर गरेको निवेदन बुधबार पूर्ण रूपमा खारेज गरिएको हो।
न्यायाधीश ऋषिराम निरौला र नारायण प्रसाद सुबेदीको इजलासले थापाको माग अस्वीकार गर्दै निषेधाज्ञा जारी गर्नु नपर्ने ठहर गरेको छ। फैसला अनुसार गुठी संस्थानकै नाममा दर्ता उक्त जग्गा र उसैले निर्माण गरेको सतल घरमा कुनै व्यक्तिले पुरानो प्रयोगको आधारमा अधिकार दाबी गर्न नसक्ने स्पष्ट गरिएको छ।गुठी सस्थानको तर्फबाट अधिकबक्ता जनक पोख्रेलले बहस गरेका थिए।
गुठी संस्थानका अनुसार थापाले अनुमति बिना सतल घर कब्जा गरी अवैध रूपमा प्रयोग गर्दै आएका थिए। पटक–पटक चेतावनी दिइए पनि घर खाली नगरिएको र यही कारण कानुनी प्रक्रिया अघि बढाउनु परेको संस्थानले जनाएको छ। अदालतको निर्णयसँगै सतल घर खाली गराई संस्थानको नियन्त्रणमा ल्याउने प्रक्रिया तुरुन्तै अघि बढाइने तयारी भएको छ।
अदालतले गुठी तथा सरकारी जग्गामा दादागिरी शैलीमा संरचना कब्जा गरेर अदालतमार्फत संरक्षण पाउन खोज्ने प्रवृत्तिलाई अस्वीकार गर्दै यस्तो कार्य कानुनी रूपमा मान्य नहुने स्पष्ट सन्देश दिएको छ। अदालतको आदेशले गुठी सम्पत्ति जोगाउने दायित्वलाई अझै मजबुत बनाएको र अवैध कब्जामाथि कडाइ हुने अपेक्षा गरिएको छ।
उच्च अदालतको यस निर्णयपछि जयबागेश्वरीस्थित गुठी संस्थानले निर्माण गरेको सतल घर थापाबाट खाली गराई पुनः वैधानिक रूपमा संस्थानको नियन्त्रणमा ल्याउने बाटो पूर्ण रूपमा खुलेको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया