लुम्बिनी,मङ्सिर १८ — लुम्बिनी क्षेत्र विकास कोषमा ३ करोड ५७ लाखको ठेक्का टेन्डर प्रक्रियामा विवाद बढेको छ। स्थानीय बासिन्दाले एक हप्तादेखि विरोध प्रदर्शन गरिरहेका छन्।
स्थानीयका अनुसार असोज ३० गते जारी टेन्डर नोटिसको क्रममा योजना प्रमुखलाई वाईपासलगरी लारकाहाल लामा, भीम बस्नेत र ज्ञानेन राईले मिलेर टेन्डर प्रक्रिया अगाडि बढाएका थिए। सात जनाले फारम भरे पनि तिन जनालाई कार्यालय प्रवेशै रोकियो दरभाऊपत्र वुझाउन लाग्दा खोसेर कागज च्यातियो, फारम र ब्याग झाडीमा फालियो, र प्रतिस्पर्धीलाई दबाब दिइयो।
कोषकी योजना प्रमुख स्मिता भट्ट घटनास्थलमै पुगिन्। उनले सबै प्रतिस्पर्धीलाई समान अवसर दिन आग्रह गर्दै भनिन्:
“यो सार्वजनिक प्रक्रिया हो। कसैलाई रोक्न पाइँदैन। गुण्डागर्दी नगर्नुस्। सबैलाई समान मौका दिनुस्।”
तर त्यसपछि सम्बन्धित समूहले योजना प्रमुखलाई जानकारी नदिई नियमविपरीत काम अघि बढायो।हाल सम्म टेन्डर खोल्न सकेको छैन। २५ दिनपछि मात्रै भट्टलाई यसबारे सुचना निस्केको वारेमा थाहा भयो।
भट्टका अनुसार, प्रक्रियागत त्रुटि देखेपछि उनले सुझाव मात्र दिएको भए पनि केही व्यक्तिले स्थानीयलाई उचालेर, अफवाह फैलाएर, झुटा आरोप लगाएर चरित्रहत्या गरेको आरोप लगाएका छन्। भट्टले भनिन्:
“विषय ठेकापट्टाको थियो, तर मलाई निशाना बनाइयो। एक महिला अधिकारीमाथि सरासर दुर्व्यवहार भयो।”
भट्टले आफू र आफ्नै सवारीचालकलाई समेत ज्यान मार्ने धम्की दिइएको बताइन्। उनी जीवन रक्षाको माग गर्दै सीडिओ कार्यालयमा उजुरी दर्ता गरिसकेकी छिन्।
स्थानीयहरूले टेन्डरमा अनियमितता गर्न नपाएको कारण दबाब र दादागिरी भएको भन्दै विरोध गरिरहेका छन तर मैले खुल्ला प्रतिष्पर्धा गर्न पाउनु पर्छ, टेन्डर प्रकृयामा सवै सहभागी हुन पाउनु पर्छ भन्दा मैले के विगारे?? भट्टले भनिन!!!।। आरोप लगाइन् कि स्थानीयहरूलाई उचालेर, धम्की दिई, अफवाह फैलाएर कार्यालय प्रमुखलाई दबाब दिन खोजिएको थियो।
भट्टका अनुसार, लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्षले कुनै कदम नचालिकन चुपचाप वस्नु मन्द समर्थन हो यो कुरा कोषको लागि दुर्भाग्यपूर्ण स्थिति बनेको छ।
‘बत्ती बाल्ने आय ठेक्का’ भनिने ३ करोड ५७ लाखको टेन्डर हालसम्म खुल्न सकेको छैन। कोषले कति दर भरेको वा कसले स्वीकृति दिएको भन्ने विषयमा औपचारिक जानकारी योजना प्रमुखलाई उपलब्ध छैन।
भट्टले रेड मिडियासँग भनिन् कि उनले टेन्डर रोक्न खोजेकी होइनन्। उनले केवल त्रुटिपूर्ण प्रक्रिया सुधार्न र निष्पक्षता कायम गर्न भनेकी हुन्। तर केही समूहले उनको चरित्र र व्यक्तिगत इज्जत तोडमोड गरेर गलत प्रचार गरेका छन्।
भट्टले यस घटनापछि सुरक्षा सुनिश्चित नभएको भन्दै गुनासो गरेकी छिन् र मिडियामार्फत सत्य र न्यायको लागि अपिल समेत गरेकी छिन्। उनले भनिन्:
“म सुरक्षित छैन। मेरो जीवन रक्षाको लागि उचित कदम चालिनुपर्छ। मेरो परिवार र कर्मचारीहरूलाई पनि धम्की दिइएको छ। सम्वन्धित निकाय संग ध्यानाकर्षण गराउदै मैले यसबारे उजुरी गरिसकेको छु।”
यो प्रकरणले लुम्बिनी क्षेत्र विकास कोषको पारदर्शिता, नेतृत्व र भित्री व्यवस्थापनप्रति प्रश्न उठाएको छ। भट्टले थपिन मैले कुनै आर्थिक चलखेल र राज्यलाई हानी हुनै गतिविधि गरेको छैन जुन जुन मिडिया र व्यक्तिहरुले चरित्र हत्या गरे तनिहरुलाई प्रमाणित गरेर देखाउन यसै मिडिया मार्फत चुनौती पनि दिईन ।स्थानीयहरूले आन्दोलन पदाधिकारी एवम कर्मचारीकै मिलिमतोमा समुदायमा असन्तोष फैलिएको छ। उनले स्थानिय सरोकार वालालाई सत्य तथ्य वुझेर मात्र आन्दोलन गर्न आग्रह गरिन। यसकारण यस्ता किसिमका अवाअ्छनिय गतिविधि रोक्न र निर्वाध रुपमा पारदर्शी ढंगवाट काम गर्ने वातावरण सृजना गर्न सवै सरोकारवालासंग अपिल गरेकी छिन !!
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया