‘दुई मिनेटमै श्रम स्वीकृति, समस्यामा बिभाग सधैं साथमा’ – महानिर्देशक भट्टराई

काठमाडौँ,कार्तिक १८ – वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले श्रम स्वीकृति अब दुई मिनेटमै प्राप्त हुने व्यवस्था लागू भइसकेको बताउँदै श्रमिकको हरेक समस्या समाधानमा विभाग जिम्मेवारीका साथ उभिएको स्पष्ट गरेका छन्।

रेड मिडियासँग कुरा गर्दै उनले घरमै बसेर मोबाइलबाट श्रम स्वीकृतिको आवेदन दिन सकिने भएकाले कुनै बिचौलियाको पछि नलाग्न आग्रह गरे। “बिचौलियामार्फत पैसा र समय दुवै नफाल्नुस्, विभाग सिधै जनता सँगै छ,”– भट्टराईले भने।

मलेसिया सरकारले निर्धारण गरेको १० बुँदे मापदण्डबारे सोधिएको प्रश्नमा उनले विभाग कुनै सिन्डिकेटको पक्षमा नरहेको प्रष्ट पार्दै, मन्त्रालयले जे निर्णय गर्छ, विभागले सोही अनुसार कार्यान्वयन गर्ने बताए।

उनले वैदेशिक रोजगारीमा जान चाहने सबैलाई आवश्यक सूचना बुझेर मात्र अघि बढ्न सुझाउँदै, “काम पूरा नभएसम्म एक रुपैयाँ पनि नदिनुहोस्” भन्ने चेतावनी दिए। समस्या आए प्रमाणसहित विभागमा आए तुरुन्तै समाधान हुने उनको दाबी छ।

भट्टराईका अनुसार ९५ प्रतिशत श्रमिक लोभ, प्रलोभन र आकर्षक तलबको नाममा व्यक्तिको भर पर्नु नै ठगीको प्रमुख कारण बनेको छ। उनले सचेत रहन आग्रह गर्दै मेनपावर व्यवसायीलाई समेत “राज्यको नीति–नियमभित्र रहेर काम गर्नुपर्छ” भन्दै आह्वान गरे।

छ महिनादेखि विभागमा महानिर्देशकका रुपमा कार्यरत भट्टराईले आफ्नो कार्यकालमै वैदेशिक रोजगार क्षेत्रमा आमूल सुधार भइसकेको दाबी गर्दै “अबको लक्ष्य पारदर्शी, व्यवस्थित र मर्यादित सेवा प्रणाली कायम गर्नु हो” भन्दै अझ थप सुधार अघि बढाइने उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP