काठमाडौं मङ्सिर १८ — किरात, नेवार र कृषक समुदायका मौलिक परम्परालाई एकै दिन समेट्ने उधौली पर्व, यःमरि पुन्हि र ज्यापु दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
किरात समुदायले हरेक वर्ष मार्ग शुक्ल पूर्णिमामा मनाउने उधौली पर्वलाई प्रकृति पूजा र नयाँ फसलप्रतिको कृतज्ञताको प्रतीकका रूपमा लिन्छ। मौसमी परिवर्तनसँगै पहाडबाट तल्लो भेगतिर बसाइ सराइको संकेत गर्ने यो पर्वमा सामूहिक ‘साकेला’ नाच, ढोल–झ्याम्टा, परम्परागत वेशभूषा र सामुदायिक भेला विशेष आकर्षण हुन्छन्।
यही दिन नेवार समुदायले यःमरि पुन्हि मनाउँदैछन्। नयाँ चामलको प्रयोगबाट तयार गरिने परम्परागत मिठाई ‘यःमरि’ परिवार, छिमेकी र समुदायबीच बाँडेर खाने चलनका कारण यो पर्वलाई समृद्धि र साझेदारीको दिनका रूपमा सम्झिन्छ। नयाँ बालीप्रतिको कृतज्ञता, पारिवारिक एकता र सांस्कृतिक पहिचान यस पर्वका प्रमुख आधार हुन्।
यसैगरी, आज ज्यापु दिवस पनि मनाइँदैछ। कृषक समुदाय—विशेषगरी ज्यापु वर्ग—को श्रम, पहिचान र सांस्कृतिक योगदानलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक र्याली, परम्परागत नृत्य, वेशभूषा प्रदर्शन र सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका छन्।
यी तीनै पर्वले नेपालको सांस्कृतिक विविधता, कृषि–आधारित जीवनशैली, प्रकृतिप्रतिको सम्मान र समुदायबीचको ऐक्यबद्धतालाई झन् प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।
रेड मिडियाको तर्फबाट उधौली, यःमरि पुन्हि र ज्यापु दिवसको हार्दिक मंगलमय शुभकामना।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया