प्रभु बैंकमा नियामक दुरुपयोग र गोप्य सूचना चुहावटको आरोपमा राष्ट्र बैंकका डेपुटी डाइरेक्टरविरुद्ध छानबिनको माग

काठमाडौं मङ्सिर १८— नेपाल राष्ट्र बैंकका डेपुटी डाइरेक्टर कृष्ण शरण फुयालविरुद्ध गम्भीर अनियमितता, पद दुरुपयोग, गोप्य सूचना चुहावट तथा हित–संघर्ष (Conflict of Interest) को आरोपसँगै औपचारिक रूपमा छानबिनको माग गरिएको छ। कमलपोखरी काठमाडौंकी कुसुम लामाले गभर्नरको कार्यालयमा बुझाएको निवेदनमार्फत फुयालमाथि प्रभु बैंकको नियमन तथा निरीक्षण प्रक्रियालाई प्रभावित पारेको आरोप लगाइएको हो।

फुयाल प्रभु बैंकमा पठाइएको On-site Inspection Team का Team Leader का रूपमा जिम्मेवारीसमेत निर्वाह गरेका थिए। प्रभु बैंक हाल नियामक निकायको विशेष निगरानी (Close Supervision) मा राखिएको संवेदनशील संस्थामध्ये पर्दछ। निवेदनमा उल्लेख भएअनुसार निरीक्षण समाप्त भएपछि उनले आफ्नो पदको दुरुपयोग गरी छोरी अनु फुयाललाई प्रभु बैंकमा Officer पदमा नियुक्त गराएको प्रारम्भिक विश्वसनीय सूचना प्राप्त भएको दाबी गरिएको छ।

यसबाहेक, प्रभु बैंकमा हुन लागेको CIB छापा (Raid) सम्बन्धी गोप्य सूचना फुयालले नै बैंक व्यवस्थापनलाई अग्रिम रूपमा उपलब्ध गराएको गम्भीर आरोप निवेदनमा छ। फुयाल स्वयं CIB को छानबिन टोलीमा राष्ट्र बैंकका प्रतिनिधि पनि भएकाले यसले Conflict of Interest, Regulatory Capture तथा Abuse of Authority को सम्भावना अझै स्पष्ट बनाएको आरोप लगाइएको छ।

निवेदनमा फुयालको निरीक्षण कार्य, सम्बन्धित सम्पूर्ण संचार, कल रेकर्ड, फाइल नोटिङदेखि निर्णय प्रक्रियासम्म उच्चस्तरीय र स्वतन्त्र छानबिन गरी आवश्यक कारबाही गर्न राष्ट्र बैंकसमक्ष माग गरिएको छ।

निवेदक कुसुम लामाले पूर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा प्रभु बैंक र प्रभु मनी ट्रान्सफरमा उठेका गुनासोहरू बेवास्ता गरिनु, नियमनका कमजोरीले गर्दा नै अहिलेको कानुनी संकट निम्तिएको दाबी पनि गरेकी छिन्। सहकारी संस्थालाई सुपर–एजेण्टमार्फत रेमिट्यान्स भुक्तानी गराउने प्रभु मनी ट्रान्सफरको गतिविधि, त्यसमा देखिएको हिसाब–किताबको विवाद, सुपर–एजेण्ट खारेज गर्ने राष्ट्र बैंकको निर्णय, र यसले हजारौं सहकारी प्रभावित पारेको विषयमा समेत छानबिन गर्न निवेदनमा जोड दिइएको छ।

फुयालमाथि उठेको आरोपसँगै प्रभु म्यानेजमेन्ट प्रालिले राष्ट्र बैंकमा दर्ता गराएका पत्रहरूको विषयमा समेत आवश्यक छानबिन र नियामक जिम्मेवारी स्पष्ट पार्न माग गरिएको छ।

यस प्रकरणमा राष्ट्र बैंकले औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP