महादेवा गाउँपालिका कृषि सडक अनियमितता आरोपपत्र दायर

महादेवा गाउँपालिका कृषि सडक अनियमितता आरोपपत्र दायर

सप्तरी,कार्तिक १८– जिल्ला सप्तरी, महादेवा गाउँपालिका वडा नं. २ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अधिकार निकायले जनाएको छ, आ.व. २०७७/७८ मा उक्त सडक निर्माणको लागि कुल रु. २३,५२,८६९।६६ स्वीकृत भए पनि कार्य सम्पन्न प्रतिवेदन, नापी किताव र फिल्ड नापजाँचको तुलना गर्दा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरिएको भेटिएको छ। यसअनुसार रु. ६,९०,६५७।०५ बराबरको हानि पुगेको देखिएको छ।

आरोपपत्रमा कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, योजना प्रमुख विकास कुमार साह, लेखा अधिकृत चक्र प्रसाद अधिकारी, वडा अध्यक्ष जगदिश मंडल, कृषि सडक निर्माण उपभोक्ता समिति महादेव-२ का अध्यक्ष हरि नारायण यादव, सचिव गगांराम यादव, कोषाध्यक्ष सावित्री देवी यादव र परामर्शदाता किरु इन्जिनियरिङ्ग कन्सल्टेन्ट प्रा.लि.का प्रोप्राइटर हरिश कुमार सिंहलाई संलग्न गरिएको छ।

आरोपपत्रमा उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, बिगो र जरिवानाको माग गरिएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP