संविधान संशोधनको बहस देशव्यापी बनाउने राष्ट्रिय मुक्ति पार्टीको निर्णय

संविधान संशोधनको बहस देशव्यापी बनाउने राष्ट्रिय मुक्ति पार्टीको निर्णय

काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधनसम्बन्धी बहसलाई देशव्यापी बनाउने निर्णय गरेको छ।

संविधान दिवसको अवसरमा असोज ३ गते आयोजित ‘संविधान संशोधनः असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रमको समीक्षा गर्दै पार्टीले उक्त विषयमा देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीका अनुसार संविधान दिवसका दिन एकातर्फ संविधान दिवस मनाइँदा अर्कोतर्फ केही असन्तुष्ट समुदायले त्यस दिनलाई ‘कालो दिन’का रूपमा मनाइरहेको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुनी विशेषज्ञ, सामाजिक अभियान्ता तथा युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जनता समाजवादी पार्टीका उपाध्यक्ष राजकिशोर यादव, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, डा. निर्मलमणि अधिकारी, बुद्धछिरिङ मोक्तान, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, समिम मिया अन्सारी, रामकुमार शर्मा, प्रशान्त सिंह, माजित अन्सारी, विनायक कुमार यादव, अशोक यादव, गणेश मण्डल, प्रेम येक्तेनलगायतले संविधान संशोधन र असन्तुष्ट समुदायका सवालबारे धारणा राखेका थिए।

कार्यक्रमपछि बसेको समीक्षा बैठकले अन्तरक्रियामा उठाइएका महत्त्वपूर्ण विचार र सुझावहरूलाई आधिकारिक रूपमा दस्तावेजीकरण गर्ने निर्णय गरेको छ। साथै, संविधान संशोधनसँग सम्बन्धित बहस र असन्तुष्ट समुदायका मुद्दालाई देशव्यापी रूपमा उठाउन आवश्यक रहेको निष्कर्ष निकाल्दै विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालन गरिने पार्टीका महासचिव सन्तोष मेहताले जानकारी दिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एमाले वरिष्ठ नेताको शपथ लिइन् विद्या भण्डारीले !
9 घण्टा अगाडि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी ...

छुटाउनुभयो कि ?

TOP