चर्चामा
काठमाडौं । बाढीपीडितलाई गालीगलौज गर्ने, कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी जथाभावी सामग्री तयार पारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने तथा भ्रामक र घृणाजन्य सामग्री फैलाउने व्यक्तिमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।यस्ता गतिविधिमाथि अनुसन्धान गर्न साइबर ब्युरोले १० जनाको टोली गठन गरी अनुसन्धान सुरु गरेको जनाइएको छ। टोलीले सामाजिक सञ्जालमा फैलिएका सामग्रीको अध्ययन तथा त्यस्ता सामग्री उत्पादन र प्रसारणमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम गरिरहेको छ।विपद्को संवेदनशील अवस्थामा पीडितको मानमर्दन हुने, जातीय तथा सामाजिक सद्भाव बिगार्ने वा भ्रम सिर्जना गर्ने सामग्री प्रसारण नगर्न प्रहरीले आग्रह गरेको छ।प्रहरीले सामाजिक सञ्जालमा कुनै सामग्री पोस्ट वा शेयर गर्नुअघि त्यसको सत्यता पुष्टि गर्नसमेत आग्रह गरेको छ।
काठमाडौँ । सरकारले महिला उद्यमशीलता प्रवर्द्धन र आर्थिक आत्मनिर्भरता बढाउन नयाँ कार्यक्रम कार्यान्वय ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!