चर्चामा
नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११ दिनपछि पुरिएको घरभित्र फसेकी एक महिलाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।
भाद्र २० गते नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरबाट उनकी ६० वर्षीया श्रीमती चण्डिका श्रेष्ठलाई जीवित अवस्थामा उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार बिकको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीले घरभित्रबाट महिलाको कराएको आवाज सुनेपछि उद्धार अभियान सुरु गरेको थियो। लामो प्रयासपछि उनलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ।
उद्धार गरिएकी श्रेष्ठलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ।
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा ११ दिनपछि भएको यो जीवित उद्धारलाई विपद्को बीचमा आशा र साहसको प्रतीकका रूपमा हेरिएको छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!