कांग्रेस महाधिवेशनमा गगनको राजनीतिक प्रतिवेदन पेस

कांग्रेस महाधिवेशनमा गगनको राजनीतिक प्रतिवेदन पेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा गरेका कमजोरीको समीक्षा गर्दै पार्टीको संगठनात्मक पुनर्संरचना, युवाको सहभागिता बढाउने र सरकारमाथि थप निगरानी गर्ने प्रस्ताव गरिएको छ।बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी छन्। प्रतिनिधिहरूलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल भइरहेको छ।कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि आजैदेखि सुरु भएको छ। असोज २० गते उम्मेदवारी मनोनयन र असोज २२ गते मतदान गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
11 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP