चर्चामा
काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थीका सन्तानलाई अभिभावकसँग भेट्न विदेश जान आवश्यक ‘एक्जिट परमिट’ उपलब्ध गराउन सरकारका नाममा आदेश दिएको छ।बेलडाँगीस्थित शरणार्थी शिविरमा जन्मिएका तीन सन्तानले आफ्ना अभिभावक अमेरिकामा रहेकाले उनीहरूसँग भेट्न जान पाउनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेका थिए।उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनीहरूलाई विदेश जानबाट रोक लगाउने गरी प्रशासनिक अवरोध सिर्जना नगर्न सरकारलाई निर्देशन दिएको हो।अदालतले पारिवारिक सम्बन्ध कायम राख्न पाउने अधिकारलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई ‘एक्जिट परमिट’ उपलब्ध गराउन आदेश दिएको छ।सर्वोच्चको आदेशसँगै लामो समयदेखि अभिभावकसँग भेट्न विदेश जान नपाएका शरणार्थीका सन्तानलाई आफ्नो परिवारसँग पुनर्मिलनको बाटो खुलेको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!