चर्चामा
काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले महोत्तरीबाट करिब २ करोड ४० लाख रुपैयाँ बराबरका एप्पल कम्पनीका १ हजार २ सय थान एयरपड्स (AirPods) बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथान क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका एयरपड्स शनिबार बिहान बरामद गरिएको हो।
बरामद कार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर तथा बोर्डर आउट पोस्ट खैरवनीको संयुक्त टोली परिचालन गरिएको थियो। टोलीमा सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशदत्त पाण्डे र सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरी सहभागी थिए।
सशस्त्र प्रहरीका अनुसार अवैध सामान बोकेर आएका व्यक्ति गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए। फरार व्यक्तिको खोजी भइरहेको जनाइएको छ।
बरामद गरिएका एयरपड्स आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए।
सीमावर्ती क्षेत्रमा अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी थप कडा बनाइरहेको जनाएको छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!