चर्चामा
काठमाडौं । सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी हुँदा प्रयोगविहीन कागजात तथा कानून पत्रिकाका केही कपी जलेका छन्। अदालत प्रशासनका अनुसार आगलागीबाट विचाराधीन मुद्दाका कागजातमा भने कुनै क्षति पुगेको छैन।
अदालतका प्रवक्ता अर्जुन कोइरालाले आगो अन्यत्र फैलिन नपाएको जानकारी दिनुभयो।
कर्मचारीहरूले नयाँ भवनमा रहेको अभिलेख शाखामा बिजुलीको प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन्। घटनाबारे थप विवरण र क्षतिको यकिन गर्न आवश्यक जाँच भइरहेको छ।
काठमाडौ ।चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। दसैँ–तिह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!