चर्चामा
३० साउन, रोल्पा। रोल्पाको पूर्वी क्षेत्रमा गएको भीषण पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिका अहिले शोकमा डुबेका छन्।
गत साउन २७ गते बुधबार राति थबाङ गाउँपालिका–५ कोटलबारामा आएको पहिरोले एउटा बस्ती नै बगाउँदा ११ जनाको ज्यान गएको छ। घटनामा दुई जना अझै बेपत्ता रहेका छन् भने उनीहरूको खोजी कार्य जारी छ। घाइते दुई जनाको बुटवलमा उपचार भइरहेको छ।
पहिरोबाट प्रभावित परिवार र स्थानीयवासीहरू अहिले गहिरो शोक र पीडामा छन्। मृतक ७ वर्षीय अशोक पुनमगरका काका कृष्ण पुनमगरले घटनाको सम्झना गर्दै भने, “घर बाहिर अविरल वर्षा भइरहेको थियो। कोही खाना खाइसकेका थिए, कोही खाना खाने तयारीमा थिए, कोही विश्राम गरिरहेका थिए। एक्कासी पहिरो आयो र त्यसमा परेर आफ्ना आफन्त गुमाउनुपर्यो। मनभरि पीडाको भारी छ।”
उनले थपे, “यो घटना हाम्रो मानसिकतामा कहिल्यै नमेटिने घाउ बनेर रहनेछ।”
स्थानीयका अनुसार लगातारको वर्षापछि आएको पहिरोले केही क्षणमै बस्ती पुरेको थियो। धेरै परिवारले आफ्ना सदस्य गुमाएका छन् भने कतिपय अझै पनि बेपत्ताको खोजीमा छन्।
पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्य जारी रहेको छ। यस दुःखद घटनाले सिंगो रोल्पालाई स्तब्ध बनाएको छ भने पीडित परिवारप्रति देशभरबाट समवेदना व्यक्त भइरहेको छ।
धनगढी । सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्व ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!