चर्चामा
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेसँगै प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान गरिएको छ। संसदीय सुनुवाइ समितिले सोमबार सूचना जारी गर्दै उनीहरूको नियुक्ति उपयुक्त नभएको लागेमा आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो।
न्याय परिषद्ले असोज २० गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि पोखरा उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरेको थियो।
समितिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिन सकिने जनाएको छ। उजुरी समितिको सचिवालयमा प्रत्यक्ष रूपमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत बुझाउन सकिनेछ।
उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर खुलाउनुपर्नेछ। आवश्यक परे उजुरीकर्ताको नाम गोप्य राख्न सकिने व्यवस्था पनि गरिएको छ।
उजुरी प्राप्त भएपछि समितिले सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। समितिबाट अनुमोदन भएपछि मात्रै नियुक्तिको प्रक्रिया पूरा हुनेछ।
काठमाडौं, कात्तिक ९ । नेपाली क्रिकेटको ठूलो उत्सवका रूपमा हेरिएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!