चर्चामा
काठमाडौं । बबरमहल क्षेत्रमा सडक पार गर्न पैदलयात्रीले भोग्दै आएको जोखिम घट्ने भएको छ। निर्माणको अन्तिम चरणमा पुगेको आकाशे पुल यसै साता सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ।सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आवश्यक तयारी पूरा गरेर केही दिनभित्रै पैदलयात्रीका लागि सञ्चालनमा ल्याइनेछ।
व्यस्त सवारी आवागमन र पैदलयात्रीको चापलाई ध्यानमा राखेर निर्माण गरिएको यस पुलले सडक पार गर्न सहज बनाउनुका साथै दुर्घटनाको जोखिम घटाउने अपेक्षा गरिएको छ।
गत फागुन २१ गते ठेक्का सम्झौता भएपछि पुल निर्माण सुरु गरिएको थियो। यसको अनुमानित लागत २ करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। निर्माणको जिम्मा हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको थियो।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक मैदानमा मात्रै सीमित नरहने भएको छ। पोखरा एभेन्जर्सले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!