इटहरीको होटलमा जुवातास खेल्दै गरेका आठ जना पक्राउ, साढे ४ लाख नगद बरामद

इटहरीको होटलमा जुवातास खेल्दै गरेका आठ जना पक्राउ, साढे ४ लाख नगद बरामद

सुनसरी । इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई नगद ४ लाख ५६ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ इटहरी उपमहानगरपालिका-४ शान्तिचोकस्थित द इस्टन होटलमा विशेष सूचनाका आधारमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मोहन घिमिरे, मनोज राई, ईश्वर कार्की, टीकाराम गेलाल, जीवन अधिकारी, युवराज मगर, दुर्गाप्रसाद थापा र खगेन्द्र लिम्बू रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नगद ४ लाख ५६ हजार रुपैयाँ र जुवामा प्रयोग गरिएको सात बुङ तास बरामद गरेको जनाएको छ। पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिहीबारदेखि देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
6 मिनेट अगाडि

काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...

छुटाउनुभयो कि ?

TOP