चर्चामा
काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। मौसम बदलीसँगै केही स्थानमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले किसान तथा हिमाली क्षेत्रमा रहेका पर्यटकलाई सतर्क रहन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मंगलबार मौसम सामान्यतया सफा रहनेछ। बुधबारदेखि हिमाली तथा पहाडी क्षेत्रमा बदली सुरु हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात बढ्ने सम्भावना छ। कर्णालीका हिमाली क्षेत्रमा पनि यसको प्रभाव देखिन सक्नेछ। पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।
शुक्रबार मौसमी प्रणाली थप सक्रिय हुने र देशका अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेको जनाइएको छ। शनिबारसम्म प्रभाव कायम रहन सक्ने र त्यसपछि मौसम क्रमशः सुधार हुने अनुमान छ।
धानबाली भित्र्याउने समय भएकाले सम्भावित वर्षाले किसानको काम प्रभावित गर्न सक्ने देखिएको छ। त्यसैले किसानलाई बाली सुरक्षित राख्न तथा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई मौसमको पूर्वानुमान हेरेर यात्रा गर्न सुझाव दिइएको छ। मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।
चितवन, कात्तिक ९ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!