बाढीपीडितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइने

बाढीपीडितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइने

रसुवा । बाढीका कारण महत्वपूर्ण कागजात गुमाएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितलाई नुवाकोटस्थित होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई नुवाकोटमा अस्थायी बसोबास गरिरहेका नागरिकलाई सहज सेवा दिन जिल्ला प्रशासन कार्यालय रसुवाले यो प्रक्रिया अघि बढाएको हो ।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार पिपलटार होल्डिङ सेन्टरमा रहेका उत्तरगया-१ का २०२ जनाले नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन सङ्कलन गरी सदरमुकाम धुन्चे ल्याइएको छ । आवेदनको अध्ययन र प्रमाणीकरणपछि नागरिकताको प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर वितरण गरिनेछ ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई प्राथमिकता दिइएको छ । बाढीपीडितलाई आवश्यक अन्य प्रशासनिक सेवा पनि क्रमशः उपलब्ध गराइने उनले बताए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिहीबारदेखि देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
6 मिनेट अगाडि

काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...

छुटाउनुभयो कि ?

TOP