चर्चामा
काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’को नयाँ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ। तिहार र देउसी-भैलोको माहोललाई लक्षित गर्दै निर्माण टिमले आइतबार गीत सार्वजनिक गरेको हो।
गीतको भिडियोमा अनमोल केसीसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा देखिएकी छन्। भिडियोमा दुवैबीचको रमाइलो नोकझोक र केमेस्ट्री प्रस्तुत गरिएको छ।
रुबै र प्रविण बेडुवालको स्वर रहेको गीतमा पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीको धुन समेटिएको छ। गीतको संगीत निर्माण, मिक्सिङ तथा मास्टरिङ रूप महानताले गरेका हुन्।
भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। सनराइज पिक्चर्सको ब्यानरमा निर्मित फिल्मले ३०-४० को दशकको नेपाली परिवेश, तत्कालीन जीवनशैली र प्रेमकथालाई पर्दामा उतार्ने प्रयास गरेको छ।
फिल्ममा लामो समयपछि अभिनेत्री गरिमा पन्तले पनि अभिनयमा पुनरागमन गरेकी छन्। फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सह-निर्माताका रूपमा रहेका छन्।
काठमाडौँ । दसैँको लामो बिदापछि सरकारी कार्यालयहरू खुलेका छन्। तर, पहिलो दिन कर्मचारी र सेवाग्राह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!