दसैँ बिदापछि खुले सरकारी कार्यालय, सिंहदरबारमा कर्मचारीको उपस्थिति न्यून

दसैँ बिदापछि खुले सरकारी कार्यालय, सिंहदरबारमा कर्मचारीको उपस्थिति न्यून

 

काठमाडौँ । दसैँको लामो बिदापछि सरकारी कार्यालयहरू खुलेका छन्। तर, पहिलो दिन कर्मचारी र सेवाग्राहीको उपस्थिति कम हुँदा कार्यालयको कामकाज अझै पूर्ण रूपमा नियमित हुन सकेको छैन।

सिंहदरबारसहित देशभरका सरकारी कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएका छन्। बिहान ९ बजेदेखि कार्यालय खुल्ने व्यवस्था भए पनि सिंहदरबारस्थित विभिन्न मन्त्रालय तथा विभागमा कर्मचारीको उपस्थिति पातलो देखिएको छ।

दसैँ मनाउन उपत्यकाबाहिर गएका सर्वसाधारण फर्किने क्रम जारी रहेकाले काठमाडौँका सडकमा सवारीसाधनको चाप पनि बिस्तारै बढ्न थालेको छ।

लामो बिदापछि कार्यालय खुलेको पहिलो दिन भएकाले प्रशासनिक कामकाजको गति केही सुस्त देखिएको छ। आगामी केही दिनमा कर्मचारी र सेवाग्राहीको उपस्थिति बढेसँगै सरकारी सेवा नियमित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिहीबारदेखि देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
6 मिनेट अगाडि

काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...

छुटाउनुभयो कि ?

TOP