चर्चामा
काठमाडौँ । दसैँको लामो बिदापछि सरकारी कार्यालय तथा संस्थाहरू खुल्न थालेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य लयमा फर्किन थालेको छ । गाउँघरमा दसैँ मनाएर फर्किने सर्वसाधारण, कर्मचारी र विद्यार्थीको चहलपहल बढेसँगै सोमबार बिहानैदेखि उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको हो ।
नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, कोटेश्वर र कलङ्कीलगायतका प्रमुख चोक तथा सडकमा बिहानैदेखि सवारीसाधनको लर्को देखिएको छ । दसैँको टीका र बिदाको समयमा सुनसान बनेका सडकमा अहिले आवागमन बढेको छ । लामो दूरीका सार्वजनिक सवारीसाधनमार्फत काठमाडौँ फर्किने क्रम जारी रहनु र सरकारी कार्यालय खुल्नुले उपत्यकामा चहलपहल थपिएको हो । बजार क्षेत्रमा पनि मानिसको आवतजावत बढ्न थालेको छ ।
सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीले थप जनशक्ति परिचालन गरेको जनाएको छ । आगामी दिनमा उपत्यका फर्किनेको सङ्ख्या अझै बढ्न सक्ने भएकाले प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न र यात्रुलाई सार्वजनिक यातायात प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!