चर्चामा
काठमाडौं । दसैं सकिएसँगै काठमाडौंमा कुखुराको मासुको मूल्य घटेको छ। बजारमा मासुको माग र खपत कम भएपछि राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो कुखुरा र तयारी मासु दुवैको मूल्य घटाएको हो।
संघका अनुसार सोमबारदेखि लागू हुने गरी जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएर २८० रुपैयाँ कायम गरिएको छ। यसअघि जिउँदो कुखुरा प्रतिकिलो २९० रुपैयाँमा बिक्री हुँदै आएको थियो।
त्यस्तै, तयारी कुखुराको मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँ घटाइएको छ। यसअघि ४०० रुपैयाँ रहेको तयारी मासुको मूल्य अब ३८५ रुपैयाँ कायम भएको छ।
दसैंका बेला कुखुराभन्दा खसीबोकाको मासुको खपत बढी हुनु तथा चाडपर्व मनाउन उपत्यकाबाहिर गएका मानिसहरू अझै पूर्ण रूपमा नफर्किनुले कुखुराको मासुको माग घटेको संघको भनाइ छ।
काठमाडौँ । दसैँको लामो बिदापछि सरकारी कार्यालयहरू खुलेका छन्। तर, पहिलो दिन कर्मचारी र सेवाग्राह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!