चर्चामा
जनकपुरधाम । धानबालीमा रोगको संक्रमण बढेपछि धनुषाका किसान यस वर्ष उत्पादन घट्ने चिन्तामा परेका छन्। जिल्लामा रोपाइँ भएको धानमध्ये करिब १० प्रतिशतभन्दा बढीमा रोगको प्रकोप देखिएपछि किसानको मेहनत खेर जाने हो कि भन्ने चिन्ता बढेको छ।
धनुषामा सामान्यतया ४३ हजार ७०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकोमा यस वर्ष ४० हजार ५१५ हेक्टरमा मात्रै रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा करिब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख प्रदीप यादवका अनुसार जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा राइस ब्लास्ट, ब्राउन लिफ स्पट र सिथ ब्लाइटजस्ता रोगको संक्रमण देखिएको छ। रोगको प्रकोप बढ्दै गए उत्पादनमा गिरावट आउन सक्ने उनले बताए।
यादवले बढी उत्पादन हुने आशामा किसानले नेपालमा दर्ता नभएका धानका जात लगाउँदा पनि समस्या देखिएको बताए। उनका अनुसार भारत तथा सीमावर्ती क्षेत्रबाट ल्याएर लगाइने 'सोना मन्सुली’'धानमा रोगको जोखिम बढेको छ।
कृषि ज्ञान केन्द्रले किसानलाई नियमित रूपमा खेतबारीको अनुगमन गर्न र रोगको लक्षण देखिनासाथ कृषि प्राविधिकसँग परामर्श लिन आग्रह गरेको छ। रोगको पहिचान नगरी जथाभावी विषादी प्रयोग नगर्न र प्राविधिकको सिफारिसअनुसार मात्रै औषधि प्रयोग गर्न पनि केन्द्रले सुझाव दिएको छ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथका सूचना अधिकारी रवीन्द्रप्रसाद साहले किसानलाई नेपालमा दर्ता भएका तथा सम्बन्धित क्षेत्रका लागि सिफारिस गरिएका धानका जात लगाउन आग्रह गरेका छन्। भौगोलिक अवस्था, मौसम र रोगको जोखिम अध्ययन गरेर सिफारिस गरिएका जातमा रोग-कीराको जोखिम तुलनात्मक रूपमा कम हुने उनको भनाइ छ।
धानको पातमा असामान्य दाग देखिनु, बोट ओइलाउनु र वृद्धि रोकिनु रोग संक्रमणका सम्भावित लक्षण हुन्। यस्ता लक्षण देखिए समयमै कृषि प्राविधिकको सल्लाह लिएर नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गरिएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!