चर्चामा
काठमाडौं । नेपालसँगको सीमावर्ती क्षेत्रको सडक पहुँच विस्तार गर्ने उद्देश्यसहित भारत सरकारले दुई ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ। मुजफ्फरपुर-सोनबरसा र खगडिया-पूर्णिया सडक निर्माण अघि बढेसँगै सीमावर्ती क्षेत्रको आवागमन र व्यापार सहज हुने अपेक्षा गरिएको छ।
कुल २२६ किलोमिटर लम्बाइका यी दुई सडक सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने योजना छ। परियोजनाले भारतको बिहारका सीमावर्ती क्षेत्रसँगै नेपाल र पश्चिम बंगालतर्फको ढुवानी तथा आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मुजफ्फरपुर-सोनबरसा सडक ८३ किलोमिटर लामो हुनेछ। करिब ३ हजार ५९१ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाअन्तर्गत ठूलो पुल, पाँच साना पुल तथा तीन रेलवे ओभरब्रिज निर्माण गर्ने योजना छ। सडक निर्माण सम्पन्न भएपछि मुजफ्फरपुर, सीतामढी र नेपाल सीमाबीचको यात्रा सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, १४४ किलोमिटर लामो खगडिया–पूर्णिया फोरलेन सडक निर्माणका लागि करिब ३ हजार ९३६ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको छ। यो सडक बनेपछि हाल करिब छ घण्टा लाग्ने यात्रा डेढदेखि दुई घण्टामा छोटिने दाबी गरिएको छ।
पूर्णियामा ग्रिनफिल्ड बाइपास र लजिस्टिक हब निर्माण गर्ने योजनासमेत छ। यसले सहरी क्षेत्रमा सवारी चाप घटाउन तथा नेपाल र पश्चिम बंगालतर्फ मालसामान ढुवानी सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै, मकै र जुटजस्ता कृषि उपजको बजारीकरणमा पनि सहयोग पुग्न सक्नेछ।
नयाँ सडक सञ्जाललाई ऐतिहासिक रामजानकी मार्गसँग जोड्ने योजना रहेको जनाइएको छ। यसबाट अयोध्यादेखि जनकपुरधामसम्मको धार्मिक यात्रालाई सहज बनाउनुका साथै सीमावर्ती क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
भारत–नेपाल सम्बन्ध र सीमावर्ती क्षेत्रको विकासमा काम गर्दै आएको ‘मिडिया फर बोर्डर हार्मोनी’ले परियोजनाको स्वागत गरेको छ। संस्थाका भारततर्फका अध्यक्ष अमरेन्द्र तिवारीले सडक सञ्जाल विस्तारले दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई थप बलियो बनाउन सक्ने बताएका छन्।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!